सुहाङको अग्रता ६६ सय नाघ्यो, रास्वपालाई जमानत जोगाउन सकस

इलाम–२ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले साढे ६ हजार बढीको मतान्तर बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार सुहाङले २१ हजार ३८० मत प्राप्त गरेका हुन्।

कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ९५५ मत पाउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार ६०३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने जमानत जोगाउनै मुस्किल पर्ने देखिएको छ। जमानत जोगाउनका लागि जम्मा मतको १० प्रतिशत ल्याउन पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *