प्रचण्ड र खनालबीचको बालुवाटार वार्ता अर्थपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रचण्ड र खनालबीच एकघण्टा वार्ता भएको हो । एकीकृत समाजवादी सदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि सत्तागठबन्धनभित्र हलचल पैदा भएको छ । केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धनमा संशय पैदा भएको छ ।

वाम सहकार्य र सुदूरपश्चिमको घटनाक्रमबारे दुई नेताबीच छलफल भएको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । यस्तो अवस्थामा प्रचण्ड र खनालको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *