नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश गर्‍यो : उपप्रधानमन्त्री महासेठ (भिडिओ)

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

सोमवार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले यस्तो बताएका हुन् । उनले नागढुंगा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एशियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताए । उनले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताए ।

उनले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनको लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताए ।

उनले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत् तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको बताए । उनले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताए ।

उनले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताए । उनले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *