सुनसरीको महाकुम्भ मेलामा ढलेका ४ जनाको उद्धार

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

सोही नगरपालिका (१० बस्ने ३० वर्षीया रिना पोख्रेल, काठमाडौं महानगरपालिका( ३२ कोटेश्वर बस्ने ४५ वर्षीया अच्युत चौलागाई, उदयपुरकी ५६ वर्षीया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी बेहोस् भएर ढलेका थिए।

महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिबिरमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचरको लागि चतरा अस्पताल पठाएको हो ।

गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अबधिभर निशुल्क स्वास्थ्य शिबिर सहित बिपद उद्दार टिम समेत परिचालन गरेको सशस्त्र प्रहरीका सहप्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *