एमाले सचिवालय बैठक च्यासलमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बस्ने भने तापनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ बजेमात्र बैठक बसेको उनले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *