तस्बिरमा ‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ नामक कला प्रदर्शनी

काठमाडौँ । काठमाडौँमा हिमालयको रहस्य र सिर्जनावृत्ति नामक चित्रकला प्रदर्शनी–२०८१ सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंको नक्सालमा सो कला प्रदर्शन आयोजना गरेको हो । आइतबार काठमाडौंमा एक कार्यक्रमबिच सो कला प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पर्यावरणीय असरका कारण हिमालमा पर्दै गएको संकटबारे विश्व समुदायलाई जानकारी गराउन र कलाकारहरूको जिउने कलालाई उठान गर्नका लागि सो प्रदर्शनी आयोजना गरिएको बताए ।

उनले सो चित्रकला प्रदर्शनीले नीति निर्माताहरुलाई पनि हिमालमा देखिएको संकट समाधानका लागि ठोस धारणा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कुलपति हार्तम्छालीले भने ‘एउटा वस्तुगत आधारको हिमाल, अर्को भावार्थको हिमाल । र त्यसमा पर्यावरणीय सवालको उठानलाई हामीले विशेष चर्चा गर्न खोजिएको हो । त्यसकारण यो कलाकृतिलाई हामीले त्यही अर्थमा हेरिदिनुपर्ने हुन्छ होला । कलाकारहरूको कलालाई पनि स्थापित गराउन यो प्रदर्शन गरिएको छ । अर्का पर्यावरण र नीति निर्माण तहमा पनि हामीले हिमालको अवस्था यस्तो हुँदैछ । यो नेपालसँग मात्रै जोडिएको छैन । विश्व मानवीय पर्यावरणसँग पनि जोडिएको छ भन्ने कुराको मूल मक्सदलाई उठाउन पनि खोजिएको हुनाले यसै रुपमा बुझ्नुपर्दछ ।’

६ दिनसम्म चल्ने सो चित्रकला प्रदर्शनीमा हिमालको रहस्यसँग सम्बन्धित ६९ वटा र सिर्जनावृत्तिसँग सम्बन्धित १४ वटा चित्र कला समावेश गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *