यी हुन् एमाले सचिवालय बैठकमा तीन एजेण्डामा

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा तीन वटा विषयमा छलफल हुनेछ । एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ ।

आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको स्थायी कमिटी सदस्य समेत रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । इलाम-२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *