जापानको जनसंख्या १२५ मिलियन भन्दा कम

एजेन्सी । जापानको जनसंख्या १२५ मिलियन भन्दा कम रहेको सरकारी तथ्यांकले देखाएको छ । गैर–जापानी बासिन्दाहरू ५ लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसांख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसंख्या ८ लाख ३७ हजार वा ०.६९ प्रतिशतले घटेर १२ करोड ११ लाख ९३ हजार रहेको छ । अक्टोबर १, २०२३ मा १२ करोड ४३ लाख ५२ हजार रहेको थियो ।

७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको सङ्ख्या ७ लाख १३ हजार बढेर २०.०८ मिलियन पुगेको छ । १४ वर्षसम्मको उमेरका व्यक्तिहरू ३ लाख २९ हजारबाट लगभग १४.१७ मिलियनमा पुगेका छन् । कुल जनसंख्याको ११.४ प्रतिशत मात्रै रहेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा कम बालबालिकाको संख्या हो । यसैबीच, विदेशी राष्ट्रिय जनसंख्या २ लाख ४३ हजारले बढेर बढेर लगभग ३.१६ मिलियन पुगेको छ । मन्त्रालयका अनुसार जापानमा तीन महिना वा सोभन्दा बढी समय बसेका विदेशी कामदार र विद्यार्थीलाई कुल जनसंख्याको आंकडामा गनिएको थियो । देशको ४७ प्रिफेक्चरहरूमध्ये, केवल टोकियोमा जनसंख्या वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *