नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन : डा शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रसको नेता डा. शेखर कोइरालाले नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको बताएका छन् । नयाँ वर्ष २०८१ को शुभकामना दिँदै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको बताए । ‘मलाई लाग्दछ अब हामीसँग नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन । वर्ष २०८१ बाट हामी सबैले त्यस दिशातर्फ आफूलाई केन्द्रित गरौँ,’ उनले अगाडि भनेका छन्, ‘यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै आमनागरिक, निजीक्षेत्र, राजनीतिकर्मी, कर्मचारीतन्त्रलगायत सबै पक्षले एकता, सहकार्य र संकल्प गर्दै देश विकासमा अगाडि बढौँ र भनौँ हामी राष्ट्र निर्माण गर्न सक्छौं । हामी आम नागरिकको मुहारमा खुसीयाली ल्याउन सक्छौँ ।’

नेता कोइरालाले संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो रहेको बताए । ‘नयाँ वर्ष आगमनसंगै हामी विगतबाट शिक्षा लिएर आगतलाई सच्याउने संकल्प गर्दै अगाडि बढ्नु परेको छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछौँ । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ ?,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =