विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । तर सरकार गठन हुनुअघि नै दलहरुको बीचमा भएको सहमति कार्यान्वयन नभएको भन्दै साना दलहरुको घुर्कीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले सशंकित बनेका छन् ।

पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन बल्लबल्ल बहुमत पुराएका मुख्यमन्त्री महरालाई साना दलको शर्तले सकस परेको छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एस, जसपाले मात्रै होइन प्रदेशमा सहकार्य गरेको नाउपा र स्वतन्त्रका सांसदहरुले पहिले मन्त्रीको ग्यारेन्टी नभए विश्वासको मत दिन नसकिने शर्त तेर्साएपछि मुख्यमन्त्रीलाई संकट परेको हो ।

तर माओवादी नेतृत्व सहकार्यमा रहेका दलहरुले आफ्ना सहमति पूरा गराउन दवाव दिए पनि विश्वासको मत पाउने विषयमा ढुक्क रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् तर ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको नेकपा एस र स्वतन्त्रका सांसदहरुको मत नपाए विश्वासको मतमा बहुमत पुग्दैन ।

नेकपा एकीकृत समाजवादीका सांसद भगवती अधिकारीले सरकारको नेतृत्व गरेको दलले पूर्वसहमति पालना नगरेकाले विश्वासको मत दिने विषयमा सहमत नभएको बताइन् । अहिले सरकारमा एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जना मन्त्री छन् । १० मन्त्रालय रहेको प्रदेशमा दलहरुले पहिले सहमति गर्दा नै त्यो भन्दा धेरै संख्यामा गरेर मन्त्रालय बढाउने पूर्व संकेत गरिसकेका छन् ।

सहमतिअनुसार एमाले ५, माओवादी ३, जसपा २, नेकपा एस र स्वतन्त्र एकएक बनाइएको थियो पछि नाउपा थपिएपछि अर्को समस्या भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले केही मन्त्रालय थपिने संकेत गरिसकेका छन् । सरकारका प्रवक्ता दिपेन्द्र पुनले सरकारले दलहरुसँग गरेको सहमति कार्यान्वयन गर्ने विषयमा प्रतिवद्ध रहेको र पहिले समर्थन गरेका दल तथा सांसदहरुले अहिले विश्वासको मत नदिएर अर्को प्रकृया जाने कुरामा आफूलाई विश्वास नलागेको र यसले यसरी जाने सांसदहरुलाई पनि हित नगर्ने बताए । धारा २ अुनसारको सरकारले विश्वासको मत नपाए ३ अनुसार अर्को सरकार बनाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *