म र टिमको गल्तिले दुर्घटनामा पर्‍यौँ : विशाल भण्डारी

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफू र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्– जीवन एक भोगाइ हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । ई सबै भोगाइ र सिकाइ को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , रेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परिऊँ र Comedy Champion Season 3  को प्रसारण रोकियो। अहिले हामी सबै Discharge भइसकेका छौं र सुशान्त बस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। यो दुर्घट्नाले हामीलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्झकाएको छ। आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पूर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content  बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion उष्यल को प्रसारणलाई निरन्तरता दिदै छौं । त्यही माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवश्यकता रहनेछ। अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन। सतर्क रहनु होला ।

यही चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनिश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *