भोलि सार्वजनिक बिदा !
२०८० चैत २८ गते

काठमाडौं । सरकारले इदउल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको बताएको छ ।
यसदिन देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउँछन् ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

२०८० चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








