चिट चोराउने प्रिन्सिपल र शिक्षक ६० हजार धरौटीमा रिहा

बाँके । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।

विद्यार्थीलाई चिट चोराउने क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगन्जस्थित लोटस इंग्लिस मिडियम हाई स्कूलका प्रिन्सिपल तपनकुमार शर्मा र सोही स्कूलका पार्ट टाइम शिक्षक अल्ताब खाँलाई जिल्ला प्रशासन कार्यालयबाट मङ्गलबार जनही ६०/६० हजार रुपियाँ धरौटीमा रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

गत चैत २० गते नेपालगन्जको ज्ञानोदय विद्या निकेतन परीक्षा केन्द्रमा सञ्चालन भएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा आफ्ना स्कूलका विद्यार्थीहरुलाई चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =