रूद्रमती कोरिडोरमा ढकमक्क बेगम बेली (तस्बिरहरू)

काठमाडौँ । वसन्तऋतु को आगमनसँगै रुद्रमती कोरिडोरमा अहिले ढकमक्क बेगम बेली फुलिरहेको छ । बर्सेनि यी फुलहरूले रुद्रमती कोरिडोर हुँदै यात्रा गर्ने यात्रुहरूलार्ई यसरी नै स्वागत गर्ने गर्छन् । यतिखेर धोबी खोलाको दुवै किनारामा रोपिएको रङ्गीचङ्गी फुलले गर्दा कोरिडोर निकै सुन्दर देखिन्छ ।

रातो गुलाबी, पहेलो यी फूलहरूले आँखालाई लोभ्याउने अनि मनलाई आनन्द दिलाउनुको साथै सडकलाई पनि सुन्दर बनाएको छ । सडकमा हिँड्ने मानिसहरू पनि बेगम बेली फुललाई देखेर आनन्द लिन्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *