रास्वपामा काँग्रेसको संसद अवरोधबारे छलफल, लामिछानेले राखे आफ्नो कुरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरेको संसद अवरोधको बारेमा छलफल भएको छ ।

आईतवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसदमा नेपाली काँग्रेसले सहकारी प्रकरणको विषयमा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएकोबारेमा छलफल भएको हो ।

बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदमा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएकोबारेमा संसदीय दलको बारेमा छलफल भएको बताए ।

उनले आफू प्रमुख प्रतिपक्ष दल काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताए ।

उनले सभामुख देवराज घिमिरेले सोमवार प्रमुख सचेतक र नेताहरुको बैठक बोलाउनुभएको र सोही बैठकबाट मंगलवारको संसद निर्वाध रुपमा अघि बढ्ने अपेक्षा राखेको बताए ।

उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइहरु राखेको र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको पनि बताए ।

प्रमुख सचेतक परियारले सरकारले गरेका कामलाई संप्रेषण गर्ने, संसदमा प्रभवकारी रुपमा प्रश्तुत हुने बारेमा छलफल भएको पनि बताए । संसदीय दलको बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *