गुजरातविरुद्ध ब्याटिङमा नेपाल, अनिल बेन्चमा

काठमाडौं । एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपालले ब्याटिङ थालेको छ ।

फाइनलमा गुजरातविरुद्ध टस जितेर नेपालका कप्तान रोहित पौडेलले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । जसमा अनिल शाहदेखि ललित राजवंशीसहिका खेलाडी बेन्चमा छन् ।

नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा

बेन्च : आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, ललित राजवंशी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *