रास्वपाले मुलुकमा ताण्डव नृत्य देखाइरहेको छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन् ।

रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गरे ।

‘खै त भर्खर आएका पार्टीहरु भर्खर जन्मेको छ । ठूल्ठूला सुशासनका कुरा गर्दछन्’उनले भने ‘सुशासनका कुरा गर्ने नेताहरु कुनकुन काण्डमा फसिरहेका छन भन्नेकुरा चाहीँ सबैले देखिरहेका छन् ।’

उनले पुरानो दलको बिरोध गर्नेहरुले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाईरहेको बताए ।

‘बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरु थुप्रै आईरहेका छन् । भर्खर आएका छन् । ठूल्ठूला कुरा गर्छन्’उनले भने ‘आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठूलो दलले काम गरेन भनेर सुख पाईन्छ ?’

नेता सिंहले काँग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =