आयरल्यान्डसंग नेपाल ‘ए’को लज्जास्पद हार, ६० रनमै अलआउट

काठमाडौं । आयरल्यान्ड उल्भ्ससंगको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

जितका लागि १७५ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा दोस्रो खेलमा पनि पराजित भयो ।

नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *