सरकारलाई संसदीय समितिको निर्देशन– पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ नथप्नु

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरू थप नगर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए ।

उनले वि।स।२०८३ र ०८४ सम्म कम्तीमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग सम्बद्ध प्रस्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थमन्त्रालयलाई निर्देशन दिए । उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अप्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताए ।

उनले आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्नसक्ने अवस्था नभएको बताए । सभापति आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जबाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए । उनले हुलाकी राजमार्ग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थ मन्त्रालयले उठाएका प्रश्नबीचको विभेदका विषयमा अर्थ मन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे ।

उनले भने ‘सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको हो । पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न आग्रह गर्दछौँ । २०८३ र ०८४ सम्म कम्तीमा बाटो र पुल हुलाकी राजमार्गसँग सम्बद्ध प्रश्ताविक सडक मार्गको यकिन गरी अर्थमन्त्रालयले उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थमन्त्रालयलाई निर्देशन गर्दछौँ । राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अप्ठ्यारो छ त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिन चाहन्छौं । आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति बनेन भने काम अगाडि बढ्नसक्ने अवस्था छैन । आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफ देही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिन्छौँ । हुलाकी राजमार्ग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थमन्त्रालयले उठाएका जे प्रश्न छन् । यसबीचको विभेद के हो । अर्थ मन्त्रालयसँग जवाफ माग गर्दछौँ । १८ जना निर्देशकहरू हुलाकी राजमार्गमा आएको भन्ने कुरा आयो । १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगतिविवरण के हो ? त्यो समितिलाई उपलब्ध गराउन निर्देशन दिन्छौँ । हुलाकी राजमार्ग भित्रका अलपत्र क्षेत्रहरू रहेका ठेक्का लागेको साना आयोजनाहरू चालु आर्थिक वर्षमा सक्नेगरी आधार तयार गर्नुपर्छ । वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने तयारी गरौं ।’

उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगतिविवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए । उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरू चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए । उनले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =