लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा
२०८० चैत २१ गते

काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातलाई पराजित गरेको छ ।
नेपालले दिएको १८२ रनको लक्ष्य पच्छाएको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्रै जोड्न सक्यो ।
गुजरातमाथि ८ रनको जित निकालेसंगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ ।
नेपालले यस अघि पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।
गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








