निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छ, क्रसपार्टी छलफल गरौं : गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयक’ को डिजाइन नै गलत भएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर निजामती सेवालाई वेस्ट बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे । यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरू अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

उनले सो विधेयकको उद्देश्य ठिकभएपनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए ।

उनले भने ‘हाम्रो यो आकांक्षा पूरा गर्नका लागि हाम्रो निजामती सेवालाई त्यस अनुरूप आधुनिक बनाउन अति आवश्यक छ । तर के यो विधेयकले आफूले जुन उद्देश्य बोकेको छ, यसमा प्रस्तावित भएको कानुनी व्यवस्थाले यो विधेयकको उद्देश्यलाई बोक्छ ? बोक्दैन । किनकि, यो उद्देश्य पूरा गर्नका लागि हामीले जरा चलाउनु पर्छ । तर विधेयकमा प्रस्तावित व्यवस्थाले केबल हाँगाबिँगालाई छिमोल्ने कुरा मात्र गर्छ ।’

उनले निजामती सेवा भित्र कस्तो व्यक्तिहरूलाई, नागरिकहरूलाई भित्र्याउने ?, यहाँबाट बहस सुरु गर्नु पछ, प्राज्ञिक हिसाबले काबिल, नैतिक हिसाबले प्रतिबद्ध, सिक्ने चाहने नागरिकहरूलाई हामीले कसरी ल्याउने ? अहिले भएको सेवा सुविधा, मौद्रिक सेवा सुविधा मात्रै होइन, गैर मौद्रिक सेवा सुविधा यो सबै कुराहरूबाट कसरी यो सबैभन्दा आकर्षित क्षेत्र बनाउन सकिन्छ ? भित्र्याई सकेपछि टिकाउने कसरी ? यहाँ भित्र न्यायको व्यवस्था, सरुवा बढुवा सबैलाई अनुमानयोग्य बनाउने भनेर प्रश्न गरे ।

उनले कर्मचारीहरूको क्षमता नहुँदैगर्दाखेरी ७० अर्बको नेपालको सूचना प्रविधिको उद्योग धराशायी हुने अवस्था पुगेको बताए । उनले यस भित्र हामीले व्यापक रुपमा काम गर्नुपर्ने बताए ।

उनले भने ‘कर्मचारीलाई कतै गएर दोष दिएर मात्रै पनि हुँदैन । यहाँ भित्र हामीले सेवक भनेका छौं । तर शासक जस्तो किन भएको छ रु व्यक्तिगत कुरा होइन । यसको डिजाईननै फल्टी छ ।’

उनले उच्च मनोबलका साथ सन्तुष्ट भएर कर्मचारीलाई राख्न नसकेको बताए ।

महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।

भने ‘हामीले वेष्ट हामो निजामती सेवालाई कसरी बनाउने ? हामी सबैले यसमा अनुभव गरेर आएका छौं । हामी सबैले यसका सीमाहरू बुझेका छौं । यसलाई सदन भित्र समितिमा लगेपछि त्यही अनुरूप काम गरौं भन्ने एउटा प्रस्ताव पनि राख्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =