२ युवाको हत्यामा संलग्न आरोपि गुरुङले गरे आत्मसमर्पण

ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए । यो घटनामा यसअघि नै प्रहरीले ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

डी पोपिना खाजाघरमा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट उनीहरुको हत्या भएको थियो । डी पोपिनाका तीन सञ्चालकमध्ये एक विजय राई घटनाका मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले नै हानेको चक्कुका कारण दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *