नेपालीहरूको विदेश पलायनलाई रोक्नुपर्छ : सौगात मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्लले नेपालीहरू विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूसँग अध्ययन गर्दाका साथीहरू अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको बताए । उनले आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको बताए ।

उनले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको बताए । युवाहरू विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको बताए । उनले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो गरे ।

उनले भने ‘यो देखिरहेको कुरा हो, मेरै साथीहरू नेपालमा छैनन् अहिले । कोही हिरो बन्ने, कोही डाक्टर, आर्मी, पुलिस बन्छु भन्ने साथीहरू बाहिर नै छन् । यो दुःख लाग्ने कुरा हो । अब केही समयपछि त कोही पनि हुँदैनन् की जस्तो छ, यसले मलाई झसंग, झसंग पार्दछ । मनमा एकखालको अप्ठ्यारो लाग्छ, कसरी रोक्न सकिन्छ जस्तो लाग्छ । यसलाई कसरी रोक्ने भन्ने ठ्याक्कै थाहा छैन । सरकारले काम गर्ने हो । तर सरकार पनि बेवास्ता गरिरहेको जस्तो देखिन्छ, केही मतलब नै छैन जस्तो देखिन्छ, के फरक पर्ला र रु भन्ने जस्तो देखिन्छ, तर केही होस् भन्ने चाहन्छु ।’

चलचित्रमा कलाकारहरू विपिन कार्की, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, प्रवीण खतिवडा रहेका छन् । चलचित्र रेड सुटकेसको लेखन÷निर्देशन फिडेल देवकोटाले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *