‘सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युतमा काम गरिरहेको छ’


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राखेको भएको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पारे ।
उनले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भूमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराए ।
मन्त्री बस्नेतले भने संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । त्यसकारणले यो जलविद्युतको क्षेत्रपनि त्यसको अपवाद हुने कुरा भएन । र हामीले यो संवैधानिक मार्गदर्शन भित्र रहेर नै सरकाले काम गरिराखेको छ । यसमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारको पनि भुमिका छ । स्वदेशी, विदेशी दुवै निजी क्षेत्रको सहभागिता रहेको छ । र सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु ।’
मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गरे ।
