कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ।

सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमती भएको हो।

माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादी अध्यष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको जानकारी गराउँदै नेतृत्व छाड्न निर्देशन दिएका थिए।

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए। यो सहमतीसँगै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *