आयरल्याण्ड वुल्भ्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीचको फाइनल खेलमा नेपाल ३ रनले बिजयी भएको छ ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो ।

आयरल्यान्डका ओपनर रोस एडियरले १४ बलमा ३१ रन जोडे भने जेम्स म्याकुलम ४ रन र पिटर मुर २ रनमा आउट भए ।

यस्तै कप्तान निल रकले २ रन मात्र जोड्न सके । टपिङ ६० रन र डेलनी ६८ रन जोडेर आउट भए ।

अन्तिम ओभरमा आयरल्यान्डलाई २० रन चाहिएको थियो । त्यसक्रममा फिन ह्यान्डले २२ रन जोडेर आउट भए । अन्तिम बलमा आयरल्यान्डलाई जितका लागि ५ रन चाहिएको थियो । तर रशिद खानविरूद्ध आयरल्यान्डका म्याकार्थीले १ रन मात्र लिन सके ।

बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए । कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १–१ विकेट लिए ।

सिरिज गुमाइसकेको नेपालले अन्तिम खेल जितेर क्लिनस्वीप हुनबाट जोगिएको छ ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।

अब नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *