आयरल्याण्ड वुल्भ्सलाई नेपालले दियो २१४ रनको लक्ष्य

काठमाडौं । नेपालले एले आयरल्याण्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमउँदै २१३ रन जोड्यो ।

नेपाललका लागि आरिफ शेखले सर्वाधिक ९३ रन जोडे । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

नेपाल ए को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *