लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

काठमाडौँ । हुन्डाई अटोमोवाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ग्राहकहरू माझ ल्याएको छ ।

उक्त ग्राहकमुखि योजना यही चैत्र १९, २०८० देखि नेपाल भरि सुरु भएको हो । आफ्नो ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा रु।६ लाखसम्मको आकर्षक नगद छुट, र रु।१० लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

ग्राहकहरूका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना अन्तर्गत ग्राहकहरूले स्क्य्राचको तीन गुणा सम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि  Hatchback, Compact SUV, SUV तथा EV इभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरू र ४५ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाइका उत्कृष्ट उत्पादनहरूले नेपालभरि धेरै ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *