सत्ता गठबन्धन उपनिर्वाचनमा एमालेलाई सहयोग गर्छ : महेश बर्तौला

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटि नसकेको बताए ।

‘सत्ता गठबन्धनको आजको बैठक सामान्यतया आगामी उपनिर्वाचनको बारेमा त्यसलाई सहज ढंगले कसरी अघि बढाउने ? दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा छलफल भयो उनले भने ‘त्यसपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ ।’

उनले सत्तारुढ दलहरुको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताए ।

उनले नेकपा एमालेबाट प्रश्तुत भएका उम्मेदवारहरुलाई समयसँगै एक ढंगबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताए ।

उनले भने–‘सरकारलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगबाट अघि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भयो । नेकपा एमालेबाट प्रश्तुत भएका उम्मेदवारहरुलाई समयसँगै एक ढंगबाट समर्थन गर्ने अवस्था छ ।’

उनले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नगरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा छलफल भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =