न्यूजिल्याण्डको दुर्घटनामा ३३ वर्षीय सुरेन्द्रको मृत्यु

२०८० चैत १७ गते

काठमाडौं । न्यूजिल्याण्डमा सवारी दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेकाअनुसार मृतकको शव अहिले अस्पातलमा राखिएको छ । नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको प्रवक्ता पाण्डेको भनाई छ ।

२०८० चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित