प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सो प्रतिवेदनउपर सांसदहरूले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरूका सन्दर्भमा जवाफ समेत दिएका थिए ।

निर्देशन दिँदै अध्यक्ष दाहालले भने ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *