निवर्तमान अर्थमन्त्रीसँग काम गर्न निकै जटिल थियो : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघिको गठबन्धनको सरकारमा आफू र तत्कालीन अर्थमन्त्रीबिच तालमेल नभएको खुलासा गरेका छन् ।

शुक्रवारबाट मकवानपुरको हेटौँडामा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफू र तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतको बिचमा समन्वय राम्रो नहुँदा विभिन्न जटिलता आएको स्वीकार गरे ।

‘अघिल्लो सरकारमा हुँदा अघि दीपकजीले बिल्कुलै सही भन्नुभयो, मिलेको थिएन’उनले भने ‘प्रधानमन्त्री एकातिर कुद्न चाहने, अर्थ मन्त्रालय अर्कोतिर कुद्न चाहने हुँदा निकै जटिल भएको थियो ।’

उनले नयाँ अर्थमन्त्रीका रुपमा वर्षमान पुन आइसकेपछि अहिले अनुकूल वातावरण बनिरहेको जिकिर गरे ।

उनले अब निर्माण व्यवसायीको बक्यौता बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

‘अहिले अर्को नयाँ अर्थमन्त्री आइसकेपछि यो प्रक्रिया अघि बढिसकेको छ’उनले भने ‘म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, अब निर्माण व्यवसायीको बक्यौता रहन दिइने छैन । तपाईँहरूको निम्ति अनुकूल वातावरण बनाइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *