आयरल्यान्ड वल्भ्सले नेपाललाई दियो २२३ रनको बिशाल लक्ष्य

काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोड्यो ।

आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे ।

स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।

आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए ।

उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *