लम्साल सचिवमा बढुवा

सरकारले हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो।

लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *