संविधान संशोधन नगरे मुलुकले निकास पाउँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिस्ठ नेता डा.शेखर कोइरालाले संविधान संशोधन नगरे मुलुकले निकास नपाउने बताएका छन् ।

बिहीबार काठमाडौँबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले संविधान संशोधन गरेर अगाडि जानुपर्ने बताएका हुन् ।

अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको र पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे ।

नेता कोइरालाले पार्टी सुधारका लागि आफूले हरेस नखाएको र कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन ल्याउन सक्ने बनाउन सक्छु भन्ने विश्वास रहेको बताए ।

साथै उनले नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनमा साप्ताहिक पत्रिकाले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

नेता कोइरालाले बिशालनगरस्थित सम्पर्क कार्यालयमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र अवस्थाका बारेमा नेता कोइरालाले सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *