मधेस प्रदेशमा ८१ हजार ७६८ परीक्षार्थी एसइईमा सहभागी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।

पहिलो दिन मधेसको ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको हो । परीक्षा केन्द्रहरूमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोबाइल प्रतिबन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरू केन्द्र बाहिर राखिएका थिए ।

यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका छन् । धनुषाबाट १२ हजार २ सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९ हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *