इलाम २ को उम्मेदवारका लागि माओवादीले पनि सिफारिस गर्‍यो चार जनाको नाम

नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । माओवादी कोसी प्रदेश कमिटीले चारजनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए ।

माओवादीले एमाले उम्मेदवारलाई नै सहयोग गर्ने करिव निश्चित देखिएको छ। तर जिल्लाबाट भने आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। केन्द्रले उपचुनाव बारे निर्णय गर्न बैठक बोलाएको छ।

इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २४ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *