नेपालविरुद्ध आयरल्यान्ड‘ए’का दुवै ओपनर आउट

काठमाडौं । नेपालविरुद्ध आयरल्यान्ड ‘ए’का दुवै ओपनर ब्याट्सम्यान आउट भएका छन् ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए ।

विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाए ।

त्यस लगत्तै आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको व्यक्तिगत स्कोरमा गल्सन झाद्वारा क्याच गराएका थिए ।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ दबाबमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *