आयरल्यान्ड वल्भसमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आयरल्यान्ड वल्भसलाई पराजित गरेको छ ।

टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले ६ विकेटको शानदार जित दर्ता गरेको हो ।

जितका लागि १२२ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे । कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए ।

त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रन बनाएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो बलमा आसिफ शेख आउट भएलगत्तै रोहित पौडेललाई शून्यमा आउट भएका थिए ।

दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरेका थिए । लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *