दुई ओभर भित्रै नेपालले गुमायो तीन विकेट
मकालु खबर
२०८० चैत १२ गते
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले दुई ओभर भित्रै तीन विकेट गुमाएको छ ।
डिलानीले ओभरको दोस्रो बलमा आसिफ शेखलाई १६ रनमा एलबिडब्लु आउट गरे ।
त्यसपछि चौथो बलमा नेपाली कप्तान रोहित पौडेललाई शून्य रनमै विकेट किपर स्टेफन डोहनीबाट क्याच आउट गराए ।
४.५ ओभरमा ५ रन बनाएर गुल्सन झा पनि आउट भए ।
१२२ रनको लक्ष्य पछ्याएको नेपाल ९ ओभरको खेल चलिरहँदा ५२ रनमा खेलिरहेको छ ।
मकालु खबर
२०८० चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित