आयरल्यान्ड ‘ए’ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोड्यो ।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे । नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरेका थिए । उनले पहिलो बलमा चौका हिर्काएका थिए ।

कोड कारमाइकललाई चौथो ओभरमा ८ रन बनाए । सातौं ओभरको दोस्रो बलमा मोर्गन टपिङ शून्यमा बोल्ड भए । कप्तान निल रकलाई नवौं ओभरको पहिलो बलमा ५ रनमा क्याच आउट भए ।

यस्तै ग्यारेथ डेलिनी ४ रनमा क्याच आउट भए । फिन ह्यान्डलाई ११ रनमा क्याच आउट भए । म्याकार्थीलाई १६ रनमा एलबिडब्लूको धरापमा परे ।

यस्तै १९औं ओभरको अन्तिम बलमा थोमस मायज १६ रनमा रनआउट भए । अन्तिम बलमा म्याथ्यु हमफ्री ६ रनमा रनआउट भए ।

बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २–२ विकेट लिन सफल भए । करण केसी र कुशल मल्लले १–१ विकेट लिन सफल भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *