आयरल्यान्डविरुद्ध नेपालको कसिलो बलिङ, कुशलले दिलाए पाँचौं सफलता
२०८० चैत १२ गते

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले शानदार सुरुवात गरेको छ । नेपालले १० ओभरमा आयरल्यान्डको पाँचौं विकेट लिएको छ ।
आयरल्यान्ड ‘ए’ को पाँचौं विकेट कुशल मल्लले लिए ।
यसअघि नेपालका लागि गुल्सन झाले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको व्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए ।
१० ओभरमा आयरल्यान्ड ‘ए’ ले ६२ रन बनाएको छ ।
आयरल्यान्ड ‘ए’ ले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।
२०८० चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








