आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेपालले ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *