गाजामा ३२ हजारले ज्यान गुमाएपछि ब्लिन्केनको इजरायल भ्रमण

काठमाडौँ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल-हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गरेका छन् । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।

ब्लिन्केनले कम्तीमा छ हप्ताको युद्ध विरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गरे । जसले इजरायली बन्धकहरूको रिहाइलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ ।

नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाई हमासका लागि योजना नबनाए इजरायल वर्षौँसम्म गाजामा फस्ने चेतावनी दिएका थिए । गाजामा अक्टोबर ७ यता कम्तीमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *