कैलालीमा सेनाको गाडी र बाइक जुधे
२०८० चैत १० गते

धनगढी । कैलालीमा सेनाको गाडी र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ । शुक्रवार साँझ गोदावरी नगरपालिका-२ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जाँदै गरेको बा६८प ५९८४ नम्बरको मोटरसाइकल र तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको गाडी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीय नवीन चौधरी र पछाडि सवार जानकी गाउँपालिका-४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् । उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
२०८० चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








