महाजात्राको प्रिमियर : ‘जात्राको बेस्ट सिरिज महाजात्रा’ (भिडिओ)

काठमाडौं । नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताए ।

उनले प्रदीपसँग आफूहरुले मिलेर काम गरेकै २० वर्ष बढी भइसकेको बताए । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको सबै पक्ष राम्रो रहेको प्रतिक्रया दिए ।

कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले महाजात्रामा हरिवंश आचार्यसँग सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताए ।

उनले चलचित्रले सफलता हात पार्नेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र धेरै नै राम्रो बनेको बताइन् ।

अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै राम्रो बनेको र शुरुदेखि नै रमाइलो हुने बताए । उनले फिल्मले दिएको म्यासेज ठाउँमा पुग्नुपर्ने बताए ।

अभिनेत्री ऋचा शर्माले चलचित्रको स्क्रिप्ट धेरै नै मन परेको बताए । उनले जात्राको बेस्ट सिरिज महाजात्रा भएको बताए ।

चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रश्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *