सन्दीप श्रेष्ठ र तेन्जु योन्जनसँग पहिचानको संघर्षदेखि सफलतासम्मका कुरा (भिडिओ)

काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसहरू सधैँ मेरा लागि एक प्रेरणादायी पात्र हुन् ।
उनीहरू सधैँ मलाई ‘नारी हुनुमा गर्व गर्नुपर्छ है’ भनेर सिकाई रहन्छन् । त्यसैले उक्त समुदायप्रति मेरो मनमा सधैँ सम्मान रहेको थियो ।
करिब १ साताअघि म नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ हेर्न मण्डला नाटक घरमा पुगे । नाटकमा एक क्वियर पुरुषले आफ्नो जीवनमा भोग्ने उतारचढावलाई जीवन्तरुपमा देखाइएको थियो ।
नाटकले मन छोयो । त्यसपछि मलाई त्यस नाटक लेखन पछाडिका कथाहरू जान्न मन लाग्यो ।
मैले ‘मेरो स्वप्न संसार : कथा जुन बन्छ वास्तविकता’ कार्यक्रममा सो नाटकका कलाकारहरूलाई डाक्ने निर्णय गरे ।
नभन्दै हाम्रो निम्तोलाई स्विकार्दै ‘चन्द्रलाई कस्ले मार्यो ?’ नाटकका लेखक, निर्देशक, परिकल्पनाकार तथा कलाकार सन्दीप श्रेष्ठ र कलाकार तेन्जु योन्जन हाम्रो स्टुडियोसम्म आइपुग्नु भयो ।
उहाँहरू दुवै जना लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य हुनुहुन्छ । यसबिच हामीले उहाँहरूसँग पहिचानको सङ्घर्षदेखि सफलतासम्मका कुराकानी गर्यौँ । साँच्चै उहाँहरूको भोगाई, अनुभव, सङ्घर्ष र सफलता एकदमै प्रेरणादायी छन् ।
यस संवादमा उहाँहरूले लैङ्गिक अल्पसङ्ख्यक भएका व्यक्तिहरूलाई समस्यामा नपर्नका लागि विभिन्न सल्लाह सुझावहरू दिनुभएको छ । साथै ‘चन्द्रलाई कस्ले मार्यो’ नाटकका बारेमा पनि केही हृदय विदारक अनुभवहरू हामीसँग साझा गर्नुभएको छ ।
हेर्नुहोस् मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले निर्देशक श्रेष्ठ र कलाकार योन्जनसंग गरेको पूरा कुराकानी :-








