एनओसी पाउन सेवाग्राहीले खप्नु परेको सास्तीलाई मिथ्या साबित गर्छौ : उपसचिव वस्ती

काठमाडौँ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखामा देखिएको समस्या अहिले समाधान भएको देखिन्छ । पहिले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन विद्यार्थीले निकै सास्ती खेप्नु परेको थियो ।

नेपाल सरकारका उपसचिव बासुदेव वस्तीले कार्यालय प्रमुखमा रुपमा जिम्मेवारी सम्हालेसँगै एनओसीको समस्या समाधान हुँदै गएको हो ।

पहिले एनओसी लिन आएका विद्यार्थीले दिएका आवेदनहरू समयमा नै भेरिफाइ गर्न नसकेका कारण समस्या भएको उपसचिव वस्तीले बताए । उनले हाल भेरफाइ भएका र नभईकन आएका सबै विद्यार्थीलाई एनओसी दिइसकेको बताए ।

उनले भने ‘भेरिफाइ भएका र नभईकन आएका सबै विद्यार्थीलाई एनओसी दिइसकेका छौँ । पेन्डिङमा ३ सय जति विद्यार्थी छन् । ती नआउन पनि सक्छन् ।’

विद्यार्थीले हिजो दिएका आवेदन आज नै भेरिफाइ हुने र आजै एनओसी पाउने बताए ।

‘हिजोको आवेदन आज भेरिफाइ हुन्छ र आजै पाउनुहुन्छ भाइ बहिनीहरूले ।’

उनले सबैकुरा सामान्य अवस्थामा आइसकेको बताए । अब शाखाले समयलाई व्यवस्थित गर्दै लैजाने उनको भनाई छ । उनले शाखाको कामलाई पेपरलेस बनाउनतर्फ लाग्ने बताए । सेवाग्राहीहरूले सास्ती भोग्नु परेको आरोपलाई उनले मित्था साबित गर्ने बताए ।

भने ‘सबैकुरा सामान्यमा आइसकेको छ । अब शाखाले टाइमलाई व्यवस्थित गर्दै जान्छ । अनलाइन सर्भिस डेलिभरीको लागि चैँ सरोकारवाला निकायहरूको चैँ जुन रेकर्ड हुन्छ त्यो रेकर्डलाई एनओसी पोर्टलमा इन्ट्री गरेर बिस्तारै पेपरलेस बनाउने काममा शाखा लाग्छ । सेवाग्राहीले सास्ती खेप्नु परेको आरोपलाई मिथ्या साबित गरेर छिटो छरितो गर्ने तर्फ लैजान्छौ । लैजानुको विकल्प पनि छैन । ’

उनले विगतमा यस किसिमले सेवा दिने भनेर धेरै व्यक्तिले भनेता पनि निरन्तरता दिन नसकेको, र अब फेरि केही समयपछि उही स्वरूपमा आउने हो कि भन्ने प्रश्नमा
यस किसिमको सेवा प्रवाहलाई मन्त्रालयले पनि व्यवहारिक गरिसकेको बताए ।

उनले भने ‘यो कुरालाई मन्त्रालयले पनि व्यवहारिक गरेको छ । मेरो दरबन्दी मन्त्रालयमा भएपनि काम पाठ्यक्रम विकाश केन्द्रमा हो । अहिले विशेष परिस्थितिमा सेवा प्रवाहका लागि खटिएको मात्र हूँ । ’

उनले मन्त्रालयको प्राथमिकता एनओसीको सेवा प्रवाहलाई सुधार्ने र सेवाग्राहीलाई सन्तुष्टि बनाउने रहेको बताए ।

उनले शाखाले तत्काल गर्नुपर्ने कामहरूको बारेमा रिपोर्टिङ गरिसकेको बताए । उनले केही समयभित्र मन्त्रालयको निर्देशनमा कर्मचारी व्यवस्थापन र प्राविधिक व्यवस्थापन लगाएका कामहरू अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले धेरै विद्यार्थीहरू संस्थामार्फत एनओसी लिन आउने गरेको र आवश्यक जानकारी पनि आफै लिन नसकेका कारण स–साना कुराले सास्ती खेप्नु परेको बताए ।

उनले एनओसी लिने काममा आफै सक्रिय हुन विद्यार्थीहरूलाई आग्रह गरे । उनले सबै विद्यार्थीहरू शिक्षित भएकाले आफु अध्ययन गर्न जान लागेको देश र करियरको बारेमा राम्ररी विचार गर्न सुझाव समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *