सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : डा.महत (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन् ।

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उनले यस्तो बताएका हुन् ।

उनले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताए । उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

उनले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

उनले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =