मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमालेबाट सरोज यादव बने मन्त्री

काठमाडौं । मधेश प्रदेश सरकारबाट काँग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव ,गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह लाई बर्खास्त गरिएको हो ।

उनीहरूले राजीनामा दिन नमानेपछि बर्खास्त गरीएको मुख्यमन्त्री निकट स्रोतले बतायो ।

यस्तै एमालेका संसदिय दलका नेता सरोज यादवलाई भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =